काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश नम्बर २ का प्रदेश प्रमुख पदमुक्त गरेको भन्दै सरकारको विरोध गरेका छन् ।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुख तिलक परियारलाई हटाएर राजेश झालाई नियुक्त गरेकी थिइन् । अध्यक्ष प्रचण्डले प्रदेश प्रमुखलाई पदमुक्त गर्नु निरंकुशता र संविधानको हुर्मत लिने निचताको पराकाष्टा भएको बताएका छन् ।
‘२ नम्बर प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरिनु निरंकुशता र संविधानको हुर्मत लिने निचताको पराकाष्टाका साथै सम्पुर्ण दलित समुदाय माथि नै अपमान हो’, उनले भनेका छन् ।
प्रचण्डको सिफारिसमा प्रदेश प्रमुख नियुक्त भएका परियारलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले पदमुक्त गरेकी थिइन् । प्रदेश प्रमुखबाट बिनाकारण आफूलाई हटाएको भन्दै परियारले अदालत जाने बताएका छन् ।




प्रतिक्रिया