विराटनगरमा ओली समूहको शक्ति प्रदर्शन, प्रधानमन्त्री ओली विराटनगर जाँदै

विराटनगरमा ओली समूहको शक्ति प्रदर्शन, प्रधानमन्त्री ओली विराटनगर जाँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले आज विराटनगरमा शक्ति प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटनपछि चौतर्फी दबाबमा परेका प्रधानमन्त्री ओली अचेल निकै दौडधूप गरिरहेका छन् ।

आफु नेतृत्वको भेला तथा सभामा लगातार उपस्थित भइरहेका उनी आज प्रदेशस्तरीय आमसभालाई सम्बोधन गर्न विराटनगर जाँदै छन् ।

आज विहान ११ बजेको फ्लाइटमा प्रधानमन्त्री विराटनगर जाने भएको नेकपा केन्द्रीय सदस्य विनोद ढकालले जानकारी दिए ।

विराटनगरमा आएपछि ओलीले होटल एसियाटिकमा नेताहरुसँग भेटबार्ता गर्नेछन् । मुख्यमन्त्री शेरधन राईसहित नेताहरुसँग होटल एसियाटिकमा छलफल गर्ने कार्यतालिका रहेको नेता ढकालले बताए ।

नेता ढकालका अनुसार ११ बजे विराटनगर पुग्ने प्रधानमन्त्री ओली साढे १२ बजेमात्रै कार्यक्रम स्थलमा पुग्नेछन् । प्रधानमन्त्री ओली सभालाई सम्बोधन गरी आज नै काठमाण्डु फर्कने तयारी छ ।

प्रदेश १ स्तरीय आमसभालाई प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, सुवास नेम्वाङ र प्रदेश १ का मुख्यमन्त्री शेरधन राई लगायत नेताहरुले सम्बोधन गर्नेछन् ।