काठमाण्डु – सरकारले भारतबाट किनेको कोरोनाविरुद्धको खोप आज काठमाण्डु आइपुग्दै छ ।
नेपाल सरकारले भारतसँग किनेको २० लाख डोज खोप मध्ये १० लाख डोज खोप एयर इन्डियाको विमानमार्फत् आज दिउँसो काठमाण्डु ल्याउन लागिएको हो ।
एयर इन्डियाको विमान दिउँसो साढे १ बजे नयाँदिल्लीबाट काठमाण्डु प्रस्थान गर्ने छ ।
स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार उक्त खोप त्रिभुवन विमानस्थलबाट टेकुस्थित कोल्डरुपमा भण्डार गरी यही फागुन २३ गतेदेखि देशैभरका खोप केन्द्रहरुमा वितरण गरिने छ ।
यसअघि भारतले नेपाललाई अनुदानमा १० लाख डोज कोभिशिल्ड खोप उपलब्ध गराएको थियो । सो खोपबाटै गत माघ १४ गतेदेखि नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु गरिएको थियो ।
अहिले भारतबाट किनिएको २० लाख डोज खोपमध्ये बाँकी १० लाख डोज पनि छिट्टै प्राप्त हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया