काठमाण्डु – साताको पहिलो दिन (आइतबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३० अंक बढेको छ ।
गत बिहीबार २५.२३ अंक बढेर २६३६.६८ विन्दुमा बन्द भएको नेप्से आज प्रि ओपन सेसनमा ३०.५९ अंक बढेर २६६७.२७ विन्दुमा पुगेको हो ।
प्रि ओपन सेसनमा ५४ कम्पनीको १ करोड ६९ लाख ८९ हजार ९६२ रुपैयाँ बराबरको ३६ हजार १३९ कित्ता शेयर खरिदबिक्री भएको छ ।
जसमध्ये ४२ कम्पनीको शेयरमूल्य बढेको छ भने ६ कम्पनीको घटेको छ । बाँकी ६ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ ।




प्रतिक्रिया