काठमाण्डु – नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ ।
शुक्रबार तोलामा ८८ हजार २०० मा कारोवार भएको छापावाल सुन आज ८९ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै तेजाबी सुन शुक्रबार तोलामा ८७ हजार ७५० मा कारोवार भएकामा आज ८८ हजार ५५० मा कारोवार हुुने गरी मूल्य निर्धारण भएको छ ।
शुक्रबार तोलामा एक हजार ३०५ मा कारोवार भएको चाँदी आइतबार तोलामा २५ ले वृद्धि भएको छ । आज चाँदी तोलामा एक हजार ३३० मा कारोवार भइरहेको महासंघले जनाएको छ ।




प्रतिक्रिया