पहिलोपटक मानिसमा बर्ड फ्लू भेटियो


एजेन्सी – रुसमा पहिलोपटक मानिसमा बर्ड फ्लू (एभिएन इन्फ्लूएन्जा ए) भाइरसको संक्रमण भएको पाइएको छ ।

रूसमा कुखुरा फार्ममा कार्यरत सात जना कामदारहरूलाई बर्ड फ्लू भाइरसको संक्रमण भएको पुष्टि भएको छ । वैज्ञानिकहरूले उनीहरुमा डिसेम्बरमा संक्रमण भएको बताइका छन् ।

उपभोक्ता अधिकारका प्रमुख अन्ना पोपोवा र मानव कल्याणकारी संस्था रोस्पोट्रे बनाडजोरले मानव र जनावरहरूलाई जोगाउन सबै आवश्यक उपायहरू तुरुन्तै अपनाइएको जानकारी दिए । ए एच ५ एन ८ नामको बर्ड फ्लू मानव शरीरमा सरेको भन्दै रुसले थप सजगता अपनाएको जनाएको छ ।

संक्रमण भएका मानिसहरुमा सामान्य समस्या देखिएको र हाल उनीहरु स्वस्थ रहेको बताइएको छ । एच ५ एन ८ प्रकोप पछिल्लो समय रुस, यूरोप, चीन, मध्यपूर्व र उत्तर अमेरिकी देशमा देखा परेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement