प्रचण्डतर्फ संकेत गर्दै प्रधानमन्त्रीले भनेः विप्लव वार्तामा बस्दा केहीलाई छटपटी भयो

प्रचण्डतर्फ संकेत गर्दै प्रधानमन्त्रीले भनेः विप्लव वार्तामा बस्दा केहीलाई छटपटी भयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्दा केही व्यक्ति छट्पटाएको बताएका छन् ।

आइतबार पाँचौ इन्द्रदह पर्यटन महोत्सवलाई दहचोकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल प्रचण्डतर्फ संकेत गर्दै विप्लव नेतृत्वको नेकपाले सरकारसँग वार्ता गर्दा छटपटी भएको बताएका छन् ।

‘विप्लवले द्वन्द्व छाडेर राष्ट्रिय राजनीतिमा आउँछौं भन्दा केहीलाई छटपटी भएको छ । सरकारसँग वार्ताका लागि तयार छु भनेर विप्लवले हिजो विज्ञप्ति निकालेछन्, कतिपयलाई छटपटी भएको छ, लौ हामीतिर आउँछ की भनेको सरकारतिर पो गयो भनेर उनीहरूलाई छटपटी भएको हो’, प्रचण्डलाई संकेत गर्दै उनले भने, अहिलेजस्तै पृथकतावादको नारा लगाएको सीके राउत समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याउँदा पनि एउटा समूह असन्तुष्ट थियो  ।’

सरकार र नेकपाबीचको वार्ता काठमाण्डुमा जारी छ । प्रधानमन्त्री अ‍ोलीले प्रजातन्त्र दिवसको अवसरमा राजधानीको टुँडिखेलमा विप्लव नेतृत्वको नेकपालाई वार्तामा आउन आह्वान गरेको भोलीपल्ट (शनिबार) महासचिव विप्लवले आफुहरु वार्तामा बस्न तयार भएको बताएका थिए ।

त्यस्तै प्रधानमन्त्री ओलीले अवरोध र अप्ठेरोबीच पनि सरकार अगाडि बढेकोमा विरोधीहरूलाई छटपटी भएको बताए । उनले जसले जति अवरोध गरेपनि सरकार विकासको गतिमा अगाडि बढाएको बताए ।