काठमाण्डु – उपचारका लागि भारतको दिल्ली पुगेका जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई आफू लज्जित र दुःखित भएको बताएका छन् ।
उनले उपचारका लागि विदेश आउनुपरेकोमा आफूलाई दुःख लागेको बताएका हुन् । आइतबार स्वास्थ्य उपचारका लागि भारत गएका पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।
‘अहिले दिल्लीस्थित नेपाली दूतावासको अतिथिकक्षमा बसेर घोत्लिॅदै गर्दा अत्यन्त लज्जित/दुःखित छु । २१औं शताब्दीमा शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक हो छुट्याउन नसकेर विदेशमा छु ! सामान्य नागरिकको के होला ?’, डा. भट्टराईले लेखेका छन्।




प्रतिक्रिया