काठमाण्डु – सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णय बदर गर्न आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले संसद विघटन बदर गर्ने आदेश दिएको हो ।
आदेशमा १३ दिनभित्रै संसद अधिवेशन बोलाउन पनि भनिएको छ । गत ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगले संसद विघटन गरेका थिए । विघटनपछि विभिन्न टिकाटिप्पणी भए सङ्गै दाङका युबा ज्योतिषी मुस्कान खनालले गरेको भबिस्यबाणी सहि साबित भएको छ ।
उनले संसद विघटन भएकै दिन पुष ५ गते आफ्नो फेसबुक वालमा संसद पुनःस्थापन हुन्छ भनेर भबिस्यबाणी गरेका थिए । यो सङ्गै उनले विभिन्न समयमा गरेका भबिस्यबाणी सबै सहि साबित हुँदै गएका छन । गत पुस ५ गते मन्त्रिपरिषद्काे सिफारिसमा राष्ट्रपतिबाट संसद विघटन गर्दै वैशाख १७ र २७ गते चुनावको मिति घोषणा भएको थियो ।
उक्तदिन नै चर्चित भविष्यवक्ता मुस्कान खनालले आफ्नो फेसबुक सट्याटस मार्फत संसद पुनर्स्थापना हुने भविष्यवाणी गरेका थिए । पुर्व सभामुख कृष्णबहादुर महराले सफाइ पाउने, कोरोना नियन्त्रण हुने समय, संसद पुनःस्थापना हुने भविष्यवाणी लगायत उनले हरेक पटक गर्ने भविष्यवाणी सत्य सावित हुँदै आएका छन् ।
सन् २०१९ मा बंगलादेशमा सम्पन्न ‘२८ औँ दक्षिण एसियाली ज्योतिष सम्मेलनमा ‘स्वर्ण पदक’ सहित ‘प्राेमिनेन्ट एस्ट्राेलाेजर अफ साउथ एशिया कन्टिनेन्ट’ अवार्डबाट विभुषित भएका भविष्यवक्ता मुस्कान खनाल एमएस्सी काउन्सेलिङ एण्ड स्प्रिच्युअल हेल्थका बिधार्थीसमेत हुन् ।





प्रतिक्रिया