सुर्खेतमा आयोजना गर्न लागिएको ओली समूहको जनसभा स्थगित

सुर्खेतमा आयोजना गर्न लागिएको ओली समूहको जनसभा स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुर्खेतमा आयोजना गर्ने भनिएको प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली समूहको आमसभा स्थगित गरिएको छ ।

कर्णाली प्रदेश सभा सदस्य गुलाबजंग शाहका अनुसार फागुन १४ गतेका लागि तोकिएको आमसभा प्रतिनिधिसभा पुनर्स्थापना भएपछि स्थगित गरिएको हो ।

सरकारले गरेको प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्चले मंगलबार बदर गरेको थियो । आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली नै सुर्खेत जाने कार्यक्रम थियो ।