सुरेन्द्र पाण्डेको टिप्पणीः ओलीजीलाई अब राम मन्दिरको पुजारी बनाईदिऊँँ

सुरेन्द्र पाण्डेको टिप्पणीः ओलीजीलाई अब राम मन्दिरको पुजारी बनाईदिऊँँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – नेकपाको प्रचण्ड–नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राम मन्दिरको पुरोहित बनाउनुपर्ने टिप्पणी गरेका छन् ।

प्रचण्ड–नेपाल समूहले भरतपुरमा आयोजना गरेको विजयसभालाई सम्बोधन गर्दै नेता पाण्डेले देश अब केपी ओलीको सेटिङमा नचल्ने भन्दै प्रधानमन्त्रीबाट प्रधानमन्त्रीबाट बिदा भएपछि ओली राम मन्दिरको पुजारी बन्नुपर्ने बताएका हुन् ।

‘केही दिनअघि ओलीजी यहीँ आएर भन्नुभएछ, कहाँ छौ सांसदहरू तीन–तीन जना ? म भएको भए माडीमा एउटा राम मन्दिर बनाउने थिएँ । माडीमा राम मन्दिर बनाउने विषयमा चितवनबाट निर्वाचित सबै सांसदले सहयोग गर्छौं,’ उनले भने, ‘म एउटा प्रस्ताव गर्न चाहन्छु प्रधानमन्त्री तपाईंलाई रुचेन, त्यहाँ मन्दिर बनाएर मूल पुरोहित केपी ओलीलाई राखिदिऊँ । त्यसो भएपछि उहाँलाई त्यसैले चित्त बुझ्छ ।’

नेता पाण्डेले सर्वोच्च अदालतको फैसलासँगै ओली सेटिङको युग सकिएको बताए । ‘हिजो बेलुका एउटा प्रमाणित भयो ओली सेटिङ समाप्त भयो। अदालतले प्रमाणित गरिदियो,’ पाण्डेले भने, ‘यो प्रतिगमन विरोधी आन्दोलनमा सहभागी हुने सबैलाई धन्यवाद छ । सर्वोच्च अदालत र न्यायाधीशहरूलाई अझ धेरै धन्यवाद ।’

अदालतको फैसलाले लोकतन्त्र र संविधानको रक्षा गरेको उल्लेख गर्दै उनले नेपालमा अझै पनि न्याय मरेको छैन भन्ने कुरा न्यायाधीशहरूको फैसलाबाट प्रमाणित भएको बताए ।