कुमारी बैंक र जीवन्त एडभान्स काठमाण्डु इमेजिङ्गबीच सम्झौता

कुमारी बैंक र जीवन्त एडभान्स काठमाण्डु इमेजिङ्गबीच सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आफ्ना ग्राहकहरुलाई स्वास्थ्य र स्वास्थ्य सम्बन्धी विभिन्न सेवाहरु लिंदा सेवाप्रदायकबाट विशेष सहुलियतको व्यवस्थालाई विस्तार गर्दै उद्देश्य कुमारी बैंकले जीवन्त एडभान्स काठमाण्डु इमेजिङ्गसँग सम्झौता गरी आफ्ना सेवाग्राहीहरूलाई विभिन्न सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ ।

कुमारी बैंकका मार्केटिंग प्रमुख नवीन मुनि बज्राचार्य तथा जीवन्त एडभान्स काठमाण्डु इमेजिङ्गका तर्फबाट प्रबन्ध निर्देशक ममता हमाल घिमिरेले हस्ताक्षर गरे । उक्त सम्झौता–पत्र अनुसार जीवन्त एडभान्स काठमाण्डु इमेजिङ्गमा एम .आर .आई, सीटी स्क्यान लगायत अल्ट्रा साउन्ड् शुल्कमा ग्राहकवर्गले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६२ एटिएम, २२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।