काठमाण्डु – पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले काठमाण्डु उपत्यका नछोड्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।
बुधबार बसेको संसदीय दलको बैठकमा अध्यक्षद्वय प्रचण्ड र नेपालले उपत्यका नछाड्न सांसदहरुलाई निर्देशन दिएका हुन् । ८० जना सहभागी आजको बैठकमा उपत्यका बाहिर रहेका सांसदहरुलाई तत्काल आउन पनि निर्देशन दिइएको छ ।
सर्वोच्च अदालतले मंगलबार संसद पुनःस्थापना गर्ने फैसला गरेपछि चितवनमा रहेका प्रचण्ड–नेपाल आज बिहान काठमाण्डु आएका थिए ।
प्रधानमन्त्रीबाट केपी शर्मा अोलीलाई हटाउन प्रचण्ड–नेपालले आन्तरिक छलफललाई तिव्रता दिएका छन् । उनीहरुले आज दिउँसो काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।




प्रतिक्रिया