काठमाण्डु – सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्ने फैसला गरेसँगै दलहरूबीच छलफल तीव्र बनेको छ । नेकपाको प्रचण्ड–नेपाल समूहले नै विभिन्न राजनीतिक दलहरूसँग छलफल र संवाद अघि बढाइरहेको छ ।
यसैबीच जनता समाजवादी पार्टी (जसपा)का नेताहरू प्रचण्ड–नेपाल समूहका नेताहरूलाई भेट्न भर्खरै पेरिसडाँडा पुगेका छन् । जसपा नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठ पेरिसडाँडा पुगेका हुन् ।
दाहाल–नेपाल समूहका दुई अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल भेटवार्तामा सहभागी भएका छन् । अहिले नेताहरूबीच पेरिसडाँडामा छलफल भइरहेको छ ।
पुस ५ गते राष्ट्रपतिले बदर गरेको संसद फागुन ११ मा सर्वोच्च अदालतले संसद् पुनर्स्थापनाको फैसला गरेपछि हिजोदेखि राजनीतिक दलहरूबीच छलफलले तीव्रता पाएको हो ।
हिजोमात्रै प्रचण्ड–नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेर सहकार्यका लागि प्रस्ताव गरेका थिए ।




प्रतिक्रिया