प्रचण्ड–नेपाललाई जसपाले सोध्योः तपाईहरुको कुन पार्टी हो ?

प्रचण्ड–नेपाललाई जसपाले सोध्योः तपाईहरुको कुन पार्टी हो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टीले पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाललाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकताबारे प्रश्न उठाएको छ ।

बिहीबार पार्टी कार्यालय पेरिसडाँडा पुगेका जसपाका नेताहरुले अध्यक्षद्वय प्रचण्ड र माधव नेपाललाई तपाईहरुको पार्टी कुन हो ? भन्दै प्रश्न गरेका छन् ।

प्रचण्ड–नेपाल सत्ता समीकरणका लागि गरेको प्रस्तावपछि जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र नेता राजेन्द्र श्रेष्ठले सरकार निर्माणका लागि तपाईहरुको पार्टी चाहियो नि ! भन्दै जवाफ फर्काएका थिए ।

‘तपाईंहरुको कुन पार्टी हो ? पार्टी चाहियो नि त, त्यसमा प्रस्ट हुनुहोस, तपाईंहरुले राखेका सबै कुराहरु हामी हाम्रो पार्टीको बैठकमा छलफल गर्छौँ भनेर भन्यौँ’, नेता महतोले भने ।

जवाफमा प्रचण्ड–नेपालले आफूहरु आधिकारिक नेकपा भएको बताएका थिए । उनीहरुले मिलेर जान प्रस्ताव गरेको र केपी ओलीको प्रतिगमन सच्चिए पनि संविधान बनाउने बेला भएको प्रतिगमन कहिले सचिन्छ भनेर प्रश्न गरेका थिए ।

जसपाले बैठकमा विगतमा संविधान संशोधनका सवालमा कांग्रेस, एमाले, माओवादीसित भएका सम्झौता कार्यान्वयन, आफ्ना नेता/कार्यकर्ताको रिहाइ गर्नुपर्ने सर्त राखेको छ ।