भाजपा नेताको विवादास्पद अभिव्यक्तिः केपी ओली घर न घाटका !

भाजपा नेताको विवादास्पद अभिव्यक्तिः केपी ओली घर न घाटका !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतीय जनता पार्टी (भाजपा) का नेता सुब्रमनियन स्वामीले नेपालको राजनीतिबारे विवादास्पद अभिव्यक्ति दिएका छन् ।

बिहीबार भाजपा नेता सुब्रमनियनले ट्वीटरमार्फत प्रतिनिधिसभा पुनःस्थापना भएपछि प्रधानमन्त्री केपी शर्मा ओली घर न घाटको भएको भन्दै विवादास्पद अभिव्यक्ति दिएका हुन् ।

‘सम्भवतः चाँडै लोकतन्त्रमा फर्केर नेपालले गठबन्धनको सरकार गठन गर्नेछ । भारतले चिनियाँ प्रभावको विरूद्ध लड्न सिक्नुपर्दछ किनकि ओलीको चालमा उनी ‘घर न घाट का’ बने । त्यसैले चिनियाँको भूमिका हुनेछ । त्यसोभए भारतलाई सन्तुलन कायम गर्नका लागि दक्ष चालक होइन राजनैतिक चालहरू चाहिन्छ’, उनले भनेका छन् ।