महिला लद्युवित्तमा ३७ हजारलाई १० कित्ता, १४ लाख भन्दा बढि आवेदक खाली हात फर्किदै

महिला लद्युवित्तमा ३७ हजारलाई १० कित्ता, १४ लाख भन्दा बढि आवेदक खाली हात फर्किदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – महिला लघुवित्त वित्तीय संस्थाको आईपीओ भोलि शुक्रबार बाँडफाँड हुँदैछ । संस्थाद्वारा जारी ४ करोड रुपैयाँ बराबरको कुल ४ लाख कित्ता सेयर शुक्रबार बिहान ८ बजे बाँडफाँड हुने भएको हो ।

गत माघ ३० गतेदेखि फागुन ५ गतेसम्मका लागि संस्थाले १०० रुपैयाँ अंकितदरका ४ लाख कित्ता सेयर निष्काशन गरेको थियो ।

कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता सेयर संस्थाको कर्मचारीका लागि र २० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको संस्थाले बाँकी ३ लाख ७५ हजार कित्ता सेयर सर्वधारणका लागि जारी गरेको थियो ।

जसमा माग गरेभन्दा झण्डै ६३ प्रतिशतले नै बढी माग आवेदन परेको संस्थाको सेयर बिक्री प्रबन्धक नेपाल एसविआई मर्चेन्ट बैंकिङ्गले जनाएको छ ।

संस्थाको कुल ४ लाख सेयरमा १५ लाख १९ हजार १ सय २८ जना आवेदकको २ अर्ब ३४ करोड ३३ लाख ७७ हजार रुपैयाँ बराबरको २ करोड ३४ लाख ३३ हजार ७ सय ७० कित्ताका लागि आवेदन परेको छ । यो माग गरिए भन्दा झण्डैं ६३ गुणाले नै बढी भएको बैंकले जनाएको छ ।

माग र आवदेकको संख्याका आधारमा गोलाप्रथाबाट हुने आईपीओ बाँडफाँड गर्दा लगभग ३७ हजार ५ सय जना लगानीकर्ताले १० कित्ताका दरले शेयर हात पार्नेछन् भने १४ लाख ८१ हजार भन्दा बढि आवेदकहरू खाली हात फर्कनेछन्।