ग्वार्काे तरकारी बजारमा कुमारी बैंकको क्युआर भुक्तानी सेवा विस्तार

ग्वार्काे तरकारी बजारमा कुमारी बैंकको क्युआर भुक्तानी सेवा विस्तार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कुमारी बैंकले ललितपुरस्थितग्वार्को तरकारी तथा फलफूल बजारमा मोबाइल फोनबाट सहज र सुरक्षित क्युआर कोड भुक्तानी सेवाको विस्तार गरेको छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको प्रमुख आतिथ्य र कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी तथा आमन्त्रित अतिथि गणको उपस्थितिमा सो क्यू आर स्ट्याण्ड तरकारी व्यवसायीहरुलाई हस्तान्तरण गरिएको हो ।

बैंकले नगद कारोबारकोे विकल्पमा आफ्नो मोबाइल एप मार्फत क्यूआर भुक्तानी गर्न सकिने डिजिटल प्रविधिलाई प्रवर्धन गर्दैे आईरहेको छ । ‘यस क्यूआर प्रणाली अन्तर्गतको भुक्तानीमा नगद बोक्नु नपर्ने, नगद हराउने÷चोरी हुने सम्भावना नरहने, आफ्नो बैंक खाताबाट सिधै भुक्तानी गर्न मिल्ने जस्ता फाईदाहरु रहेका छन् ।

त्यसैगरी, व्यवसायीहरु हरेक दिन बिक्री गरिएको रकम जम्मा गर्न बैंक धाई राख्नुपर्र्नेेे तथा खुद्रा पैसा बोक्नुपर्ने झन्झटबाट पनि मुक्तहुनेछन् । उक्त सेवाको प्रयोग गर्दा अतिरिक्त शुल्क पनि नलाग्ने कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले जानकारी दिए ।

क्यू आर कोड भुक्तानी मर्चेन्टको संख्या र पहुँच दिनानुदिन बढ्दै गईरहेको हुनाले सो प्रणाली नगदरहित कारोबारको एक उत्कृष्ट र भरपर्दो माध्यम बन्न जानेमा बैंक विश्वस्त छ । डिजिटल भुक्तानीमाविश्वसनियता बढाउन र नगदरहित कारोबारलाई थप प्रोत्साहन गर्न बैंकले समय समयमा डिजिटल कारोबार सम्बन्धी सचेतना कार्यक्रमहरु समेत गर्दै आइरहेको छ ।

हालसम्म यस बैंकले ७३०० भन्दा बढी व्यापारीहरुलाई ‘फोनपे क्यूआर डिजिटल’ भुक्तानी प्रकृयामा आबद्ध गराईसकेको छ । कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६२ एटिएम, २५शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुलभ तथाउत्कृष्ट सेवाकानिमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ ।