काठमाण्डु – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नामका विषयमा परेको रिटमाथिको बहस सकिएको छ ।
नेकपाका अध्यक्ष ऋषि कट्टेलले आफ्नो पार्टीसँग मिल्ने गरी ओली–प्रचण्डलाई नाम दिएको भन्दै निर्वाचन आयोगविरुद्ध २ वर्ष पहिले नै रिट दायर गरेका थिए ।
उक्त रिटमाथि न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा बिहीबार सुनुवाइ सकिएको निवेदक पक्षका अधिवक्ता रत्नप्रसाद जोशीले जानकारी दिए ।
उनले सुनुवाई सकिएपनि सर्वोच्च अदालतले निर्णय भने फागुन २० गते सुनाउने भएको बताए ।
सुरुमा अन्डरलाइन नेपाल कम्युनिस्ट पार्टी दर्ता गर्न पुगेका ओली–प्रचण्डलाई निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नाममा दर्ता गरिदिएको थियो ।
ओली–प्रचण्ड नेतृत्वकै नेकपाभित्रकै विवाद उत्कर्षमा पुगेका बेला सर्वोच्च अदालतले उक्त रिटमाथि सुनुवाइ गरेको हो ।
नाम र चुनाव चिन्हको विषयमा अहिले ओली–प्रचण्डबीचमै विवाद भइरहेको छ । उक्त विवादमाथि पनि निर्वाचन आयोगले निर्णय गरिसकेको छैन।




प्रतिक्रिया