शीतल निवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, संसद बैठकबारे छलफल

शीतल निवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, संसद बैठकबारे छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

बिहीबार साँझ शीतल निवास पुगेर प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि प्रधानमन्त्री ओली पहिलोपटक राष्ट्रपति भेट्न शीतल निवास पुगेका हुन् ।

भेटवार्तामा सर्वोच्चको फैसला, सरकारका काम कारबाही, नेकपाको विवादलगायतका विषयमा छलफल भएको स्रोतले जानकारी दियो । त्यस्तै प्रतिनिधिसभाको बैठक बोलाउने विषयसमेत छलफल भएको स्रोतले जानकारी दियो ।

सर्वोच्च अदालतले १३ दिनभित्र संसद बैठक बोलाउन सरकारलाई निर्देशन दिएको छ । सरकारले सर्वोच्चको फैसलाअनुसार नै संसद बैठक बोलाउने प्रतिबद्धता जनाएको छ ।