काठमाण्डु – नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशी अस्पताल भर्ना भएका छन् ।
पूर्वमन्त्रीसमेत रहेका नेता जोशीलाई मस्तिष्काघात भएपछि नर्भिक अस्पतालमा भर्ना गरिएको छ । उनलाई बिहीबार राति वीर अस्पताल लगिएको थियो । तर, उपचार सम्भव नभएपछि शुक्रबार बिहान नर्भिक अस्पतालमा रेफर गरिएको स्रोतले जानकारी दियो ।
उनलाई शरीरको देब्रे भागमा समस्या भएको बताइएको छ । जोशीको मस्तिष्कमा रगत जमेको र अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । अहिले उनको आकस्मिक शल्यक्रियको तयारी भइरहेको छ ।




प्रतिक्रिया