नेकपा संसदीय दलको प्रमुख सचेतकमा विशाल भट्टराई नियुक्त, देव गुरुङ बर्खास्त

नेकपा संसदीय दलको प्रमुख सचेतकमा विशाल भट्टराई नियुक्त, देव गुरुङ बर्खास्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको प्रमुख सचेतकमा विशाल भट्टराई नियुक्त भएका छन् ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका भट्टराई पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नेकपा संसदीय दलको प्रमुख सचेतकमा नियुक्त भएका हुन् ।

प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता रहेका अ‍ोलीले भट्टराईलाई संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरेका हुन् । भट्टराई खोटाङ जिल्लाबाट संसदमा प्रतिनिधित्व गर्ने सांसदसमेत हुन् ।

यसअघि नेकपा संसदीय दलको प्रमुख सचेतकमा देव गुरुङ थिए । उनलाई बर्खास्त गरे भट्टराईलाई नियुक्त गरिएको हो।