आइपीएलमा डेब्यू गर्दै नेपाली खेलाडी सन्दीप, विराट कोहलीको टीमविरुद्ध बलिङ


काठमाडौं – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) मा डेब्यु गर्ने भएका छन्।

दिल्ली डेयरडेभिल्समा २० लाख रुपैयामा अनुबन्ध भएका सन्दीपले टीमको १२ औ खेलमा डेब्यु गर्न लागेका हुन्। उनी विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध बलिङ गर्नेछन्।

यससँगै सन्दीप आईपीएल खेल्ने पहिलोे नेपाली क्रिकेटर पनि बन्नेछन् ।

शुुक्रबार नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौंमा सन्दीप आईपीएलमा जोडिएपछि नेपाल र भारतको सम्बन्ध नागरिकस्तरमा झनै बलियो बनेको प्रतिक्रिया दिएका थिए।

दिल्लीले शुुक्रबार घरेलु मैदानमा रोयल च्यालेन्जर्स बैंग्लोरको सामना गर्दैछ। अघिल्लो खेलमा सनराइजर्स हैदरावादसँग पराजित भएसँगै दिल्लीको प्लेअफमा पुग्ने सम्भावना सकिसकेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement