कामचलाउ सरकार भन्नेलाई अहिले सरकार दह्रो हुँदा अप्ठ्यारो पर्‍यो : सुवास नेम्वाङ

कामचलाउ सरकार भन्नेलाई अहिले सरकार दह्रो हुँदा अप्ठ्यारो पर्‍यो : सुवास नेम्वाङ

संसद् पुनर्स्थापनापछि सरकार झन् बलियो भयो 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले प्रतिनिधिसभा विघटन भएपछि सरकारलाई काम चलाउ भन्नेहरूलाई अहिले सरकार दह्रो हुँदा अप्ठ्यारो परेको बताएका छन् ।

शनिबार काठमाण्डुमा ओली समूह निकट सिन्धुपाल्चोक– काठमाण्डु सम्पर्क मञ्चले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेम्वाङले उक्त कुरा बताएका हुन् ।

प्रतिनिधिसभा पुनःस्थापना भएपछि अविश्वासको प्रस्ताव ल्याउने हल्ला सुनिएको भन्दै नेता नेम्वाङले सरकारले प्रस्तावको सामना गर्ने बताए। अविश्वास प्रस्ताव फेल भएमा सरकार फेरि एक वर्ष चल्न पाउने व्यवस्थाले विपक्षीहरूलाई प्रस्ताव ल्याउन नै डर लागेको उनले बताए। नेता नेम्वाङले कानूनी रूपमा नेकपा विभाजन भइनसकेको पनि बताएका छन् ।

अहिले पनि पहिलो अध्यक्ष केपी ओली र दोस्रो अध्यक्ष प्रचण्ड कायम नै रहेका छन् । प्रतिनिधिसभा पुनःस्थापना हुनुभन्दा अगाडि प्रधानमन्त्री ओलीले जनतामा जाने आफ्नो निर्णय लोकतन्त्रसम्मत भएको बताउने गरेका थिए। तर अहिले पुनःस्थापित भएपछि फेरि संसदमा फर्किएकोले चिन्ता गर्नुपर्ने कुनै कुरा नभएको पनि ता नेम्वाङले प्रष्ट पारे।

उनले भने, ‘पुनःस्थापना हुनुभन्दा अगाडि प्रधानमन्त्रीले भन्नुभएको थियो जनतामा जाने मेरो निर्णय लोकतन्त्रसम्मत छ कानूनसम्मत छ। सर्वोच्चले त्यसै गर्छ भन्ने मेरो विश्वास छ। उहाँले भनिराख्नु भएको थियो तर पुनःस्थापित भइदिँदाखेरि अब हामी संसदमा फेरि फर्किएका छौं।

स्थिति भनेको यो हो। पुनःस्थापित गर्ने साथीहरूले के सोच्नुभयो थाहा छैन। तर यसले त प्रधानमन्त्री केपी ओलीलाई, हाम्रा पार्टी अध्यक्ष केपी ओलीलाई र हाम्रो पार्टीलाई चिन्ता गर्नुपर्ने कुनै कुरै छैन। ’