अमेरिकामा जोन्सनको खोपलाई अनुमति, एक डोज लगाएमात्रै हुने

अमेरिकामा जोन्सनको खोपलाई अनुमति, एक डोज लगाएमात्रै हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – संयुक्त राज्य अमेरिकाले जोन्सन कम्पनीले बनाएको कोरोना भाइरस विरूद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।

अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले १८ वर्षमाथिका व्यक्तिका लागि उक्त खोप प्रयोग गर्न शनिबार अनुमति दिएको हो । यसअघि अनुमति पाएका खोपहरू दुई डोज लगाउनु पर्ने भएपनि जोन्सनको खोप एक डोजमात्र लगाए पुग्छ ।

विश्वभरिका ४४ हजार मानिसमा परीक्षण गरेको जोन्सनको खोप ६६ प्रतिशत प्रभावकारी देखिएको थियो । यो खोप लगाएपछि संक्रमण भए पनि अस्पतालमा भर्ना हुनु पर्ने र मृत्यु हुनेको संख्या शून्य रहेको पाइएको थियो ।

एक डोजमात्रै लगाउँदा हुने र सामान्य फ्रिजको तापक्रममै राख्न सकिने भएकाले संसारभरिका देशमा जोन्सनको खोपप्रति आकर्षण हुने बताइएको छ ।