एकिकृत शहरी विकास केन्द्रद्वारा आकाशे पानी संकलन रिचार्ज प्रणाली परियोजना हस्तान्तरण

एकिकृत शहरी विकास केन्द्रद्वारा आकाशे पानी संकलन रिचार्ज प्रणाली परियोजना हस्तान्तरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एकिकृत शहरी विकास केन्द्रले अनकाशे पानी संकलन तथा भूमिगतजल रिचार्ज प्रणाली परियोजना हस्तान्तरण गरेको छ ।

एकिकृत शहरी विकास केन्द्रले वाटर एड र कोकाकोला फाउण्डेसनसंग समन्वय गरी भूमिगतजल रिचार्ज प्रणाली श्री राजदल गणलाई हस्तान्तरण गरेको हो । लगनखेल व्यारेक र वरपरको ईलाकामा सुख्खा याममा पानीको तीब्र अभाव भईरहेको परिस्थितिलाई न्युनिकरण गर्ने हेतुले उक्त गणको सहकार्यमा व्यारेक हाता भित्र उक्त निर्माण गरिएको हो ।

यस योजना अन्तर्गत लगनखेल व्यारेक हातामा ५१ वटा रिचार्ज पिट, ५१ वटा फिलट्रेसन च्याम्ब, ३ वटा डिस्लिटिङ च्याम्बर, २५० मिटर वाटर ड्रेनेज सिस्टम र १ वटा रेन गार्डेन निर्माण गरिएको छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको प्रमुख आतिथ्यतामा संचालन भएको उक्त कार्यक्रममा एकिकृत शहरी विकास केन्द्रका कार्यकारी निर्देशक द्रोण प्रसाद कोईराला तथा संस्थापक प्रो.डा. संगिता सिंह, वाटर ऐड नेपाल का कन्ट्री डाइरेक्टर तृप्ती राई, बोट्लर्स नेपाल लिमिटेडका इरिना कार्की गुरुङ्गका साथै नेपाली सेनाको तर्फबाट श्री नं. १३ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी दिनेश कुमार के।सी। लगायत गणका गणपति एवं अन्य अधिकृतहरुको सहभागिता रहेको थियो ।