काठमाण्डु – केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य ताज मोहम्मद मियाँँ प्रचण्ड–माधव नेपाल समूहमा लागेका छन् ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले असंवैधानिक स्वेच्छाचारी रुपमा नेकपाको विधान र स्थापित संगठनात्मक एवं निर्णयविपरित संसद विघटन गरेकोमा असन्तुष्टी जनाउँदै प्रचण्ड–नेपाल समूहमा लागेका हुन् ।
उनले संविधानको समुचित प्रयोग र कार्यान्वयनमा उदासिन सरकारको कार्यशैली प्रति गम्भीर असहमति राख्दै मुस्लिम लगायत सबै उत्पीडित समुदायका हक अधिकारलाई सुनिश्चित गर्दै नयाँ शिराबाट कम्युनष्टि एकता कायम गर्न नेकपाको मूलधारमा लाग्न पनि आग्रह गरेका छन् ।
‘योसँगै नेकपाको विधान विपरित पार्टीको अल्पमत पक्षले नियुक्त गरेको केन्द्रीय सदस्यको पद आजैका दिनबाट परित्याग गरी कम्युनिष्ट आन्दोलनको एकता, संविधानको कार्यान्वयन र जनताको समृद्धिको आकांक्षालाई विधिसम्मत रुपमा पूरा गर्ने युगिन जिम्मेवारी पूरा गर्न प्रचण्ड र नेपालले नेतृत्व गरेको नेकपाको मूलधारमा रहेर आफ्नो भूमिका निर्वाह गर्ने घोषणाा गर्दछु । ’





प्रतिक्रिया