किन पक्राउ परे सुशील भट्ट?

किन पक्राउ परे सुशील भट्ट?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रहरीले लगानी बोर्डका पूर्व अध्यक्ष सुशील भट्टलाई पक्राउ गरेको छ। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रकरणमा पक्राउ परेका बिचौलिया इमान सापकोटाको बयानका आधारमा भट्टलाई पक्राउ गरिएको हो।

भट्ट बिचौलिया दीपक भट्टका दाइ हुन्। प्रहरी स्रोतका अनुसार सापकोटाले आफ्नो बयानमा भट्टमार्फत ३० करोड रुपैयाँ दिने र अदालतमा सेटिङ मिलाउने सहमति भएको बताएका छन्।

प्रहरीले शनिबार ललितपुरबाट सुशील भट्टलाई पक्राउ गरेको हो। उनलाई काठमाडौँ प्रहरीको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ।

सापकोटाले आफ्नो बयानमा दीपक भट्टलाई छुटाउन भएको भनिएको सेटिङबारे समेत प्रहरीलाई जानकारी दिएका छन्। उक्त प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले अन्य व्यक्तिमाथि पनि अनुसन्धान सुरु गरेको छ।