संसद अधिवेशन २३ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

संसद अधिवेशन २३ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले फागुन २३ गते अपरान्ह ४ बजे संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले संसद अधिवेशनको लागि राष्ट्रपतिसमक्ष पत्र पठाउने निर्णय गरेको शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

यसअघिको मन्त्रिपरिषद बैठकले २३ गते संसद अधिवेशन बोलाउनेबारे छलफल गरे पनि औपचारिक निर्णय भने गरेको थिएन ।