पहिलो पटक सार्वजनिक रुपमा देखा परिन् सुकी

पहिलो पटक सार्वजनिक रुपमा देखा परिन् सुकी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – सेनाले सत्ता कब्जा गरेदेखि कैद राखिएकी म्यानमारकी प्रमुख नेतृ आङ सान सुकी पहिलोपटक सार्वजनिक रुपमा देखा परेकी छन् ।

आज भएको अदालतको ट्रायलमा भिडियो लिंकमा उपस्थित भएकी सुकीलाई उनका वकिलहरुले पहिलोपटक प्रत्यक्ष देखेका छन् ।

जसमा उनको स्वास्थ्य अवस्था राम्रै देखिएको सुकीका वकिलहरुले बताएका छन् । उनलाई कैद गरि राखिएको ठाउँ भने सार्वजनिक गरिएको छैन ।

आइतबारको हिंसात्मक दिनपछि सोमबार पनि प्रदर्शनकारीहरु सेना विरुद्ध सडकमा उत्रिएका छन् । आइतबार सुृरक्षाकर्मीको गोली लागि देशभरबाट १८ आन्दोलनकारीहरुको मृत्यु भएको थियोे ।

तरपनि सुकीलाई रिहा नगरेसम्म अनि लोकतन्त्र पुनः स्थापना नभएसम्म आन्दोलन जारी राखिने उनीहरुले बताइरहेका छन् । यता सेना पक्षले चाहिँ नोभेम्बरको चुनावमा धाँधली भएकाले नै आफूले सत्ता हातमा लिइ फेरि चुनाव गराउने बताइरहेको छ ।