वरिष्ठ सांसदको सुझावः अमेरिकाले भारतसँग मिलेर चीनकाे विरोध गर्नुपर्छ

वरिष्ठ सांसदको सुझावः अमेरिकाले भारतसँग मिलेर चीनकाे विरोध गर्नुपर्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकाका वरिष्ठ सांसद भारतसँग मिलेर चीनलाई दबाब दिन आग्रह गरेका छन् । मंगलबार अमेरिकाका वरिष्ठ सांसद फ्र्यांक पालोनीले अमेरिकाले भारतको पावर ग्रिडमा चीनले गरेको हमलाको विरोध गर्नुपर्ने बताएका हुन् ।

‘अमेरिकाले आफ्नो रणनीतिक साझेदारलाई साथ दिन जरुरी छ र भारतको पावर ग्रिडमा चीनले गरेको खतरनाक हमलाको विरोध गर्नुपर्छ । यस आक्रमणका कारण भारतको अस्पतालमा विद्युत् बन्द भयो र जेनेरेटरको सहारा लिनप¥यो’, उनले भनेका छन् ।

सांसद फ्र्यांकले अमेरिकाले चीनलाई धम्कीको आडमा पावर ग्रिडमा प्रभुत्व जमाउन दिन नसक्ने बताएका छन् ।

उनले भनेका छन्, ‘हामी चीनलाई शक्ति र धम्कीको आडमा यस क्षेत्रमा प्रभुत्व कायम गर्न दिन सक्दैनौं ।’

अघिल्लो गर्मी याम सुरु भएसँगै चीन र भारतीय सेनाहरुबीच दुर्गम गल्वान उपत्यकामा झडप भएको थियो । उक्त झडपमा दुवै तर्फका सेनाको मृत्यु भएको थियो ।

चार महिना पछि १५ हजार माईल टाढा मुम्बईमा ट्रेनहरू बन्द भए र शेयर बजार बन्द भयो किनकि २० करोड जनताको बसोबास रहेको शहरमा बिजुली बन्द भएकाे थियाे । साथै अस्पतालहरूले आपतकालिन जेनरेटरहरूसमेत चलाउनु परेको थियो ।

भारतका सैन्य विज्ञहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारलाई भारतको विद्युत क्षेत्र र यसको महत्वपूर्ण रेल प्रणालीका लागि चिनियाँ निर्मित हार्डवेयर प्रतिस्थापन गर्न आग्रह गरेका छन् ।

‘मुद्दा यो हो कि हामी अझै विदेशी हार्डवेयर र विदेशी सफ्टवेयरमा हाम्रो निर्भरताबाट मुक्त हुन सकेनौं,’ एक सैन्य विज्ञले भने ।