विप्लवका कार्यकर्ता रिहा गर्न प्रहरी प्रधान कार्यालयलाई गृहमन्त्रालयको सर्कुलर

विप्लवका कार्यकर्ता रिहा गर्न प्रहरी प्रधान कार्यालयलाई गृहमन्त्रालयको सर्कुलर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले पक्राउ परेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता÷कार्यकर्ताहरुलाई रिहा गर्न सर्कुलर जारी गरेको छ ।

बिहीबार साँझ गृहमन्त्रालयले नेकपाका पक्राउ परेका सबै कार्यकर्ताहरुलाई रिहा गर्न निर्देशन दिएको हो । मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखेर प्रक्रिया पुर्याएर रिहा गर्न निर्देशन दिएको छ ।

गृहका प्रवक्ता चक्रबहादुर बुढाले प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पु¥याएर छाड्न निर्देशन दिएको जानकारी दिए । उनले भोलिसम्म १७० जना कार्यकर्तालाई रिहा गर्न निर्देशन दिइएको जानकारी दिए ।

गृहले प्रशासन कार्यालय बाहेक अन्त मुद्दा रहेको हकमा विवरण मागेर आवश्यक निर्णय लिने जनाएको छ ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले नेकपामाथिको प्रतिबन्ध फुकुवा गरेको छ । आज बिहान सरकार र नेकपार्टीबीच तीन बुँदे सहमति भएको थियो ।