चीनले रक्षामा बजेट बढायो, अमेरिकापछि दोस्रो ठूलो मुलुक

चीनले रक्षामा बजेट बढायो, अमेरिकापछि दोस्रो ठूलो मुलुक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – चीनले रक्षा क्षेत्रमा ६.८ प्रतिशत बजेट वृद्धि गरेको छ । सन् २०२१ मा चीनको सैन्य बजेट अमेरिकापछि विश्वको दोस्रो ठूलो रहेका त्यहाँको अर्थ मन्त्रालयले जनाएको छ ।

हिमालयन सीमा, ताइवान र दक्षिण चीन सागरजस्ता फ्ल्याचबिन्दुको साथ अमेरिका र भारतलगायत चीन र प्रतिस्पर्धी शक्तिहरूबीच गत वर्ष सैन्य तनाव नाटकीय रूपमा बढेको छ । बेइजिङले रक्षाका लागि १.३६ ट्रिलियन युआन (२१० अरब डलर) खर्च गर्ने योजना बनाएको छ । जुन अझै वाशिंगटनको सैन्य बजेटको एक तिहाइभन्दा कम रहेको बताइएको छ ।

सन् २०२० मा सैन्य क्षेत्रमा ६.६ प्रतिशत बजेट वृद्धि गरिएको थियो । हालका वर्षहरुमा चीनले आफ्ना सेनाको आधुनिकीकरणमा खरबौं युआन खर्च गरेको थियो । जसको उद्देश्य अमेरिका र अन्य पश्चिमी शक्तिहरूको प्रतिस्पर्धी विश्वस्तरीय शक्तिमा रूपान्तरण गर्नु हो ।

‘चीनको रक्षा बजेट विगत दुई दशकहरुमा द्रुत गतिमा बृद्धि भएको छ,’ अस्ट्रेलियाको क्यानबरामा चीन नीति केन्द्रका विश्लेषक एडम निले भने, ‘यसले चीनको बढ्दो आर्थिक शक्ति र अन्य शक्ति राष्ट्रले आफ्नो रणनीतिक महत्वाकांक्षालाई कम गर्न दृढ संकल्पलाई प्रतिबिम्बित गर्दछ ।’

‘चीनले सामना गरेको बाह्य खतराहरू – विशेष गरी ताइवानको मुद्दामा ताइवान मुद्दाहरुमा कहिल्यै नरोकिने गम्भीर चुनौतिहरु लगायत चीनलाई आफ्नो रक्षा क्षमता सुदृढ पार्नु आवश्यक छ,’ चिनियाँ सेनाका समालोचक सोङ झोङ पिङले भने ।

चिनियाँ प्रधानमन्त्री ली क्विङले सरकारले बोर्डरमा सैनिक तालिम र सुरक्षा जोखिमलाई सम्बोधन गर्ने बताएका छन् ।

‘हामी बोर्डभरि सैनिक तालिम र तयारीलाई बढावा दिनेछौं, सबै क्षेत्रहरु र सबै परिस्थितिहरुमा सुरक्षा जोखिमहरुलाई सम्बोधन गर्न समग्र योजनाहरु बनाउनेछौं र हाम्रो देशको सार्वभौमिकता, सुरक्षा र विकास हितको रक्षा गर्न सेनाको रणनीतिक क्षमता बढाउनेछौं,’ उनले भने ।