प्रकाण्ड र बास्तोलासहित नेताहरूसँग विप्लवकाे आन्तरिक छलफल

प्रकाण्ड र बास्तोलासहित नेताहरूसँग विप्लवकाे आन्तरिक छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव आन्तरिक छलफलमा जुटेका छन् । सरकारसँग सम्झौतापत्रमा हस्ताक्षर गर्नुअघि महासचिव विप्लव पार्टीका नेताहरुसँग छलफलमा जुटेका हुन् ।

उनले वार्ता टोलीका संयोजकसमेत रहेका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, धर्मेन्द्र बाँस्तोला लगायतका नेताहरुसँग छलफल गरेका छन् । विप्लवले नेताहरुसँग अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरेको बुझिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्दैछन् । राष्ट्रियसभा गृहमा सरकार र विप्लवबीच भएको सहमतिको विस्तृत विवरण सार्वजनिक गरिनेछ ।

बिहीबार सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएको थियो ।