काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच बालुवाटारमा भेटवार्ता भएको छ ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर विप्लवले भेटवार्ता गरेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री र विप्लवबीचको विशेष भेटवार्ता भएको जानकारी दिए ।
सल्लाहकार थापाले सार्वजनिक गरेको तस्बीरमा विप्लव हँसिलो मुद्रामा देखिएका छन् । बिहीबार सरकार र नेकपाबीच तीन बुँदे सहमति भएको थियो ।





प्रतिक्रिया