कोरोनाकाे खोप लगाउन काठमाण्डु महानगरले तोक्यो १५ केन्द्र

कोरोनाकाे खोप लगाउन काठमाण्डु महानगरले तोक्यो १५ केन्द्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भोलिदेखि सुरु हुने कोरोना भाइरसविरुद्धको खो अभियानका लागि काठमाण्डु महानगरपालिकाले विभिन्न १५ ठाउँमा केन्द्र तोकेको छ ।

महानगरपालिकाले एक सूचना जारी गर्दै ६५ वर्षमाथिका व्यक्तिलाई कोरोना खोप लगाउन काठमाण्डुका विभिन्न १५ ठाउँमा खोप केन्द्र तोकिएको जानकारी दिएको हो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, वीर अस्पताल, क्षेत्रपाटी निस्शुल्क चिकित्सालय, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र निजामती कर्मचारी अस्पताल तोकिएको महानगरपालिकाको सहरी स्वास्थ्य विभाग प्रमुख हरिबहादुर कुँवरद्धारा जारी सूचनामा उल्लेख छ ।

यस्तै सिनामङ्गलमा रहेको मदरल्याण्ड अस्पताल, काठमाण्डु मेडिकल कलेज, ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, बौद्धमा रहेको स्तूपा अस्पताल र सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र रहेका छन् ।

साथै त्रिवि शिक्षण अस्पताल, हिमाल अस्पताल, नेपाल प्रहरी अस्पताल, छाउनीमा रहेको वीरेन्द्र सैनिक अस्पताल र बालाजुमा रहेको जनमैत्री अस्पतालमा पनि खोप लगाउन पाइने महानगरपालिकाले जनाएको छ ।