काठमाण्डु – अर्थमन्त्री विष्णु पौडेलले कोभिड १९ विरुद्धको खोप सबै लक्षीत समुदायमा पुर्याउने बताएका छन् ।
शनिबार बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालको प्रथम वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले कोभिड १९ विरुद्धको खोप सबै लक्षित समुदायमा प्राथमिकताका आधारमा पुर्याउने बताएका हुन् । साथै उनले खोप प्रदान गर्ने प्रक्रियालाई नरोकिकन अगाडि बढाउने बताए ।
‘हामी खोप प्रदान गर्ने प्रक्रियालाई नरोकिकनै अगाडि बढाउँछौँ, सबै लक्षित समुदायमा भ्याक्सिन पुर्याउछौँ’, उनले भने, ‘सबैलाई हामी क्रमशः त्यसको प्राथमिकताका आधारमा भ्याक्सिन उपलब्ध गराउछौं ।’
अर्थमन्त्री पौडेलले सरकारले समृद्धिको अभियानका लागि बैंक तथा वित्तीय सस्थाहरु, उद्योगहरुको मनोबललाई उठाएर अगाडि बढाउन महत्वपूर्व काम गरेको दाबी गरे ।
उनले सरकारले उत्पादनमुलक उद्योग र होटल पर्यटन क्षेत्रको लागि पनि विद्युतको डिमान्ड शुल्क छुट दिने निर्णय गरेको पनि जानकारी दिए ।




प्रतिक्रिया