काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अोलीले आजको प्रतिनिधिसभा बैठक समान्य ढंगले सञ्चालन हुने बताएका छन् ।
आइतबार बिहान त्रिवि शिक्षण अस्पतालमा कोरोनाको खोप लगाउँदै प्रधानमन्त्री ओलीले संसदमा केही पनि फेस गर्नुनपर्ने भएकाले सामान्य ढंगले बैठक सञ्चालन हुने बताए ।
‘संसद्मा केही फेस गर्नु छैन । संसद् बैठक सामान्य ढंगले चल्छ’, उनले भने ।
प्रधानमन्त्री अोलीले कोरोनाविरुद्धको लडाई खोपमार्फत हुने बताए । उनले खोप लगाएर कोरोनाभाइरसलाई पराजित गर्ने सरकारको अभियान सफल पार्न पनि आग्रह गरेका छन् ।




प्रतिक्रिया