नारी दिवसको अवसरमा विध ल्याबले गर्यो विशेष छुटको व्यवस्था

नारी दिवसको अवसरमा विध ल्याबले गर्यो विशेष छुटको व्यवस्था

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु  – ललितपुरको कुपण्डोलमा रहेको विध ल्याबले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विशेष छुटको व्यवस्था गरेको छ । सरकारबाट ‘ए’ ग्रेटको मान्यता प्राप्त गरिसकेको यस ल्याबले विभिन्न प्रकारका परीक्षण गर्दै आएको छ ।

‘स्वस्थ महिला, स्वस्थ परिवारँ नाराका साथ ल्याबले आफ्नो सेवाहरुमा मार्च ५ देखि १५ सम्म विशेष छुटको व्यवस्था गरेको हो । ल्याबका अनुसार नर्मल हेल्थ प्याकेज अन्तर्गत प्याप सेम, टीएफटी, सेरेलोजी (एचआइभी, भीडीआरएल), आरबीएस, भिटामिन डी र सीबीसी लगायतका परीक्षण ३ हजारमै गरिनेछ ।

त्यसैगरी टीएफटी, लिव्विड बेसड सिटोलोजी, सेरेलोजी (एचआइभी, भीडीआरएल), आरबीएस, भिटामिन डी, सीबीसी, सीए १२५ र प्रोल्याक्टिनको परीक्षण ५ हजारमै गरिने विध ल्याबका प्रतिनिधि रविशंकर पोखरेलले जानकारी दिए ।

त्यस्तै ल्याबमा जेनेटिक तथा मोलिकुलर सम्बन्धी सम्पूर्ण टेस्टहरु हुने जनाइएको छ । छोटो समयमा निकै चर्चा बटुलेको यस ल्याबले पोखरामा पनि आफ्नो सेवा विस्तार गरिसकेको छ । हालसम्म गुणस्तरमा कुनै समस्या नआएको ल्याबले दाबी गरेको छ ।

त्यस्तै, ल्याबमा आजसम्म कोभिड परीक्षण गरेका सेवाग्राहीलाई अन्य परीक्षणमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । साथै, एक महिनासम्म टेस्ट गर्न आउने सम्पूर्णलाई १५ प्रतिशत छुटको व्यवस्था भएको पनि ल्याबले जजाएको छ । ल्याबमा कोरोना भाइरस विरुद्धको एन्टिबडी परीक्षण पनि भइरहेको छ ।