सांसद चौधरीलाई भारतको ‘सिएआईटी अवार्ड’ ले सम्मान गरिँदै

सांसद चौधरीलाई भारतको ‘सिएआईटी अवार्ड’ ले सम्मान गरिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)की नेतृ चन्दा चौधरीलाई भारतको प्रतिष्ठित अवार्ड ‘सिएआईटी अवार्ड’ प्रदान गरिने भएको छ ।

कन्फेडेरेशन अफ अल ईण्डिया ट्रेडर्सले १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सांसद चौधरीलाई आज एक कार्यक्रमको बीच उक्त अवार्ड प्रदान गर्न लागेको हो ।

सांसद चौधरीलाई ‘महिला उद्यमशिलता र सशक्तिकरण’ को लागि महत्वपूर्ण भूमिका खेलेबापत उक्त अवार्डले सम्मान गर्न लागिएको ईभेन्ट कोअर्डिनेटर स्मिता अहुजाले जारी गरेको प्रेस नोटमा जनाईएको छ ।