काठमाण्डु – नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीलाई पुनः भेन्टिलेटरमा राखिएको छ ।
मस्तिष्कघात भएपछि अस्पताल भर्ना गरिएका जोशीको शनिबारदेखी स्वास्थ्य अवस्थामा थप समस्या देखिएपछि पुनः भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको हो ।
१३ फागुनमा अस्पताल भर्ना भएका उनको स्वास्थ्यमा क्रमिक सुधार आएपछि भेन्टिलेटरबाट निकालिएको थियो ।जोशीको स्वास्थ्य अवस्था गत शनिबारदेखि बिग्रेको र उनलाई पुन: भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको डाक्टर राजिव झाले बताए ।
उनले जोशीको ब्लड प्रेसर हेर्दा स्थिर नै रहेपनि अहिले उनी कोमामै रहेको बताए । फागुन १३ मा मस्तिष्कघात भएका ५७ वर्षका जोशीको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरको छ । उच्च रक्तचापका कारण जोशीलाई मस्तिष्कघात भएको थियो ।




प्रतिक्रिया