एमालेमा गएका बादलसहितका नेताहरुबारे माओवादी केन्द्रले गर्‍यो यस्तो निर्णय

एमालेमा गएका बादलसहितका नेताहरुबारे माओवादी केन्द्रले गर्‍यो यस्तो निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – माओवादी केन्द्रले एमालेमा गएका आफ्ना सांसदहरुको धारणा माग गरेको छ ।

मंगलबार बसेको स्थायी कमिटी बैठकले सरकारमा गएका आफ्ना नेताहरु रामबहादुर थापा बादल, लेखराज भट्ट, मणि थापा, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरीलगायतका नेताहरुको धारणा कुर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘उहाँहरुले आफ्नो दृष्टिकोण र भूमिकाकाबारेमा नयाँ परिस्थितिमा के गर्ने भन्ने आफ्नो धारणा प्रस्तुत गर्नुभएको छैन् । हामी त्यसको प्रतिक्षा गरिराखेका छौं । उहाँहरुको धारणा आइसकेपछि वा आफ्नो स्थिति स्पष्ट गरेपछि जे गर्नुपर्छ गर्छौं । अदालतको फैसलाअनुसार नै उहाँहरुले आफूलाई प्रस्तुत गर्नुहुनेछ’, उनले भने ।

सरकारमा गएका नेताहरुले भन आफूहरु एमालेमा रहने बताइरहेका छन् । खानेपानीमन्त्री मणी थापाले राष्ट्रवाद, देश विकास र स्थायित्व प्रधानमन्त्री केपी शर्मा ओलीबाट मात्र सम्भव भएको बताएका छन् ।