काठमाण्डु – नेपाली खानाका परिकारलाई विश्वभर चिनाएर चर्चामा आएका सेफ सन्तोष साह सम्मानित भएका छन् ।
नेपाली खानाका परिकारलाई विश्वभर चिनाउन भुमिका खेलेको भन्दै नेपाल मेडिसिटी अस्पतालले मंगलबार साहलाई सम्मान गरेको हो । ललितपुरस्थित मेडिसिटी अस्पताल प्राङगणमा आयोजित कार्यक्रममा अस्पालका अध्यक्ष डा. उपेन्द्र महतोले साहलाई सम्मान गरेका हुन् ।
सम्मानित भएपछि बोल्दै साहले मेडिसिटी अस्पतालले क्लिनिकल पोषण विशेषज्ञद्वारा निर्देशित स्वस्थ खाद्यको अभ्यास गरेकोमा प्रशंसा गरेका थिए ।
उनले आफूले सानो प्रयासमात्र गरेको र नेपाल सरकार तथा अरु संस्थाले चाहेमा नेपाली परिकारलाई वर्ल्ड फुड म्यापमा राख्न सकिने धारणा राखेका थिए ।
उनले आफूले सधैं स्वास्थ्यलाई जोडेर खानेकुरा बनाउँदै आएको र आगामी दिनमा पनि स्वास्थ्यप्रति सधैं संवेदनशील हुने विश्वास दिलाएका थिए ।
कार्यक्रममा अस्पतालका अध्यक्ष डा. महतोले साहले सानैदेखि अत्यन्तै परीश्रम गरेको र आज यो सफलता हात पारेको भन्दै खुशी व्यक्त गरेका थिए ।




प्रतिक्रिया