काठमाण्डु – धादिङको गंगाजमुना गाउँपालिकामा कार्यरत इन्जिनियर पुजा कार्की र लेखा अधिकृत अर्जुन प्रसाद सापकोटामाथि घुस लिएको अभियोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९५ हजार घुससहित फत्राउ परेका कार्की र सापकोटामाथि कारबाहीको माग गर्दै वशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उनीहरुले ठेक्का सम्झौता अनुसारको काम सम्पन्न पश्चात बिल भुक्तानी र प्राविधिक परीक्षण प्रतिवेदन तयार गर्ने प्रयोजन समेतको कामका लागि सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले इन्जिनियर कार्कीलाई ९५ हजार रुपैयाँ घुससहित फत्रउा गरेको थियो ।
इन्जिनियर कार्कीले लेखा अधिकृत सापकोटाको निर्देशनमा बाटोको ट्रयाक खोल्ने कार्यको सम्झौता भई काम सम्पन्न पश्चात बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस माग गरेकी थिइन् ।
उनीहरुमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ । साथै उनीहरुसँग जनही बिगो ९५ हजार रुपैयाँ माग गरिएको छ ।




प्रतिक्रिया