काठमाण्डु – जनता समाजवादी पार्टीले सरकारको नेतृत्वमा दाबी गर्ने भएको छ ।
शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले विगतका सरकारहरबाट धोका पाएकाले सरकारको नेतृत्वमा दाबी गर्ने भएको हो ।
बैठक पछि नेता राजकिशोर यादवले अब काँग्रेस–एमालेसँग जसपाको नेतृत्वमा सरकार बनाउने प्रस्ताव गर्ने जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जसपालाई सरकारमा ल्याउन पहल गरिरहेका बेला जसपाले यस्तो निर्णय गरेको हो ।




प्रतिक्रिया