प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउंछौं : उपेन्द्र यादव

प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउंछौं : उपेन्द्र यादव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने बताएका छन् । शनिवार प्राइम टेलिभिजनसंगको अन्र्तवार्तामा अध्यक्ष यादवले ओली नेतृत्वको सरकारको औचित्य सकिएको भन्दै अब नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा मिलेर नयां सरकार बनाउनुको विकल्प नरहेको बताए ।

पुर्व उपप्रधानमन्त्री समेत रहेका नेता यादवले प्रधानमन्त्री ओलीसंग संविधान संशोधन र रेशम चौधरीको रिहाइका विषयमा छलफल गरे पनि उनलाई सहयोग गर्न भने नसकिने दावी गरे ।

जसपाभित्र यादव प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई प्रतिगामी सरकार भएको भन्दै उनीसंग सहकार्य हुन नसक्ने बताउंदै आएका छन् । तर, महन्थ ठाकुर र राजेन्द्र महतोसहितका नेताहरुले भने ओली नेतृत्वको सरकारमा सहभागी हुनुपर्ने मत राख्दै आएका छन् ।