काठमाण्डु – माओवादी केन्द्रको केन्द्रिय कमिटीको बैठक बस्दैछ । पार्टी केन्द्रिय कार्यालय पेरिशडांडामा बैठक ११ बजेका लागी बोलाइएको छ । बैठकमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्ने कार्यसूची छ ।
त्यसैगरी, माओवादीबाट सरकारमा गएका र फिर्ता नभएका मन्त्रीहरुलाई कारबाही गर्ने तयारी समेत छ । शुक्रबार बसेको स्थायी समिति बैठकले उनीहरुलाई सरकारबाट फिर्ता हुन र २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा हाल गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, खानेपानीमन्त्री मणी थापा र श्रममन्त्री गौरीशंकर चौधरी छन् । प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका २३ जना नेताहरुलाई नेकपा एमालेको केन्द्रिय सदस्यमा नियुक्त गर्नुका साथै पार्टीको विभिन्न जिम्मेवारी समेत दिएका छन् ।
माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको निर्देशन उल्लंघन गर्ने नेताहरुलाई कार्वाही गर्ने तयारी भएको जानकारी दिएका छन् । तर, ओली नेतृत्वको सरकारमा गएका र एमाले प्रवेश गरेका नेताहरुले आफुहरु माओवादी केन्द्रमा नफर्कने स्पष्ट पारिसकेका छन् । उनिहरुले आफुहरुको सांसद पद गए पनि नर्फकने सन्देश दिइसकेका छन् ।




प्रतिक्रिया