प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रदेश नम्बर १ को प्रदेशसभा बैठक स्थगित भएएको छ ।

चैत २ गते बस्ने सोमबारका लागि बोलाइएको प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको प्रदेशसभा सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिए । उनले सभामुख प्रदीपकुमार भण्डारीको निर्देशनअनुसार बैठक स्थगित गरिएको बताएका छन् ।

‘सोमबार १२ः३० बजे बस्ने गरी फागुन १९ गते सूचना प्रकाशित गरिएकोमा उक्त बैठक विशेष कारणले प्रदेशसभा नियमावली २०७४ को नियम ६ बमोजिम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको’, सूचनामा भनिएको छ ।

फागुन १९ गते बोलाइएको बैठक पनि स्थगित गरेर चैत २ गतेका लागि बोलाइएको थियो । नेकपा एमाले र माओवादी केन्द्र विभाजन भएपछि बैठक बस्न सकेको छैन् ।

मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव संसदमा टेबुल भइसकेको छ । मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि विभिन्न कारण देखाउँदै बैठक स्थगित हुँदै आएको छ ।