माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु, ६ वटा एजेण्डामाथि छलफल हुने

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु, ६ वटा एजेण्डामाथि छलफल हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सुरु भएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा केहीबेरअघि सुरु भएको बैठकमा ६ वटा एजेण्डामाथि छलफल हुने नेताहरुले बताएका छन् ।

बैठकमा राष्ट्रिय कार्यकर्ता भेला, सहिदहरुप्रति श्रद्धाञ्जली, वर्तमान राजनीतिक अवस्थाबारे केन्द्र र प्रदेशको रिपोर्ट पेश, रिपोर्टहरुमाथि छलफल र सुझाव लिने, पार्टीको नाम परिवर्तन र कम्युनिस्ट पार्टीहरुबीचको एकतामाथि छलफल हुने बताइएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठनका लागि विभिन्न दलहरुसँग भइरहेको छलफलबारे पनि ब्रिफिङ गर्ने स्रोतले जानकारी दियो ।

बैठकको अध्यक्षता ग्रहण गर्दै अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतको फैसला अनपेक्षित आएकाले संयमित भएर अघि बढ्नुपर्ने बताएका छन् । उनले अदालतको फैसला अकल्पनीय ढंगले आएकाले ‘धुलो टक्टक्याएर’ अघि बढ्नुको विकल्प नरहेको बताएका हुन् ।