माओवादीको बैठकमा गृहमन्त्री बादलसहितका नेतालाई कारबाहीको प्रस्ताव पेश

माओवादीको बैठकमा गृहमन्त्री बादलसहितका नेतालाई कारबाहीको प्रस्ताव पेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलसहितका नेताहरुलाई कारबाहीको प्रस्ताव पेश भएको छ ।

आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा बादलसहित २३ जना नेताहरुलाई पार्टी अनुशासन उल्लंघनको आरोपमा कारबाहीको प्रस्ताव पेश भएको हो ।

माओवादी केन्द्रले एमालेमा लागेका २३ जना नेताहरूलाई २४ घण्टाभित्र पार्टीमा नफर्किए सांसद पदसमेत नरहने गरि कारबाही गर्ने निर्णय गरेको थियो ।

कारबाहीमा पर्नेहरुमा गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, खानेपानीमन्त्री मणिचन्द थापा, शहरी विकास मन्त्री प्रभु साह, टंक आङबुहाङ, पासाङ शेर्पा, ज्वाला साह, टेकबहादुर बलामी, कमल जंग, मनोज थापा, विषमलाल अधिकारी, लिलाबहादुर थापा, दधिराम न्यौपाने, दिनेश पन्थी, नवीन रोका, धर्मराज रेग्मी, डम्बर विष्ट, गौरीशंकर थारु, झपट बोहरा, गिरधर लाल, दावा लामा र चन्द्रबहादुर खड्का रहेका छन् ।